२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

होलेरी,फागुन १२
सरकारले जेष्ठ नागरिकहरुलाई दिने वृद्ध भत्ता बुझ्न बैंकहरुमा आउने जेष्ठ नागरिकहरु घण्टौँ सम्म लाइनमा बस्नुपर्ने बाध्यता र पिडा खेप्नु परेको छ।रोल्पाको होलेरीमा रहेको कामना सेवा बिकास बैंकमा बुधबार १० बजे देखि नै जेष्ठ नागरिकहरु भत्ता बुझ्न कार्यालय अगाडि अप्ठेरो तरिकाले बाटोमै लाइनमा बसिरहेका छन्।यसले जेष्ठ नागरिकहरुलाई सारिरिक रुपमा पिडा महसुस हुने,खुट्टा गल्ने,असहज हुने लगाएतका समस्या भएको गुनासो गरेका छन्।चिसो याममा यसरी जेष्ठ नागरिकहरुलाई सेवासुबिधाका नाममा पिडा भइरहेको र यस बारे स्थानिय सरकारले सहजताका लागि आवश्यक ब्यबस्थापन गरेर संवेदन बन्नुपर्ने स्थानिय समाजसेवी देबेन्द्र बोहराले बताउँनुभयो।समस्या समाधानका लागि स्थानीय सरकारले पालो नआउँदासम्म बस्नका लागि सहज ब्यबस्थापन मिलाउँनु पर्ने हो कि बैंकहरुले त फरक-फरक बार बोलाएर भिडभाड कम गर्न सक्नु पर्ने हो।-उहाँले थप्नुभयो। जेष्ठ नागरिकहरु शारीरिक रुपले आफैमा अशक्त हुने भएकाले सुबिधाका नाममा पिडा दिईएको महसुस भएको गुनासो गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय