२०८३ भाद्र १८ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकद्वारा बाढी पीडितलाई सहयोग | रसुवा-भोटेकोशी बाढीको चपेटामा कर्मचारीतन्त्र : ३६ कर्मचारी प्रभावित, तीनको शव फेला | कौडेना गाउँपालिका अध्यक्षले त्यागे नेपाली कांग्रेस, साधारण सदस्यसमेत नरहने घोषणा | आयुर्वेद स्वास्थ्यकर्मी समाज नेतृत्वमा चुनचुन प्रसाद यादव | गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न |

सर्लाहीको कौडेना गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवासुविधा बापत प्राप्त हुने रकम बाढी पीडितका लागि प्रदान गर्ने भएका छन् ।रसुवास्थित भोटेकोशी बाढी प्रभावित व्यक्तिहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट एक महिनाको सेवासुविधा बापतको ५ लाख ५५ हजार रुपियाँ बाढी पीडितलाई प्रदान गर्ने निर्णय गरिएको हो । यस्तै गाउँपालिकाभित्र कार्यरत कर्मचारीले पनि आफ्नो तलबबाट बाढी पीडितका लागि ७ लाख ८५हजार ९००रुपियाँ प्रदान गर्ने भएका छन् । अधिकृतस्तरका कर्मचारीको सात दिनको, सहायक स्तरको कर्मचारीको पाँच दिनको र श्रेणीविहीन कर्मचारीको दुई दिनको तलब बाढी पीडितलाई प्रदान गरिने छ ।यस्तै, सामुदायिक विद्यालयमा कार्यरत मावि शिक्षकको सात दिनको, आधारभूत शिक्षकको पाँच दिनको र सहयोगी कर्मचारीको दुई दिनको तलब बापतको ६ लाख १७हजार २०० रुपियाँ बाढी पीडितलाई प्रदान गरिने भएको छ ।गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु), प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद दासले संयुक्त रुपमा हस्ताक्षर गरी प्रेस विज्ञप्ती जारी गर्दै जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तर्फबाट बाढी पीडितलाई यस प्रकारको सहयोग गरिएको जानकारी गराएका हुन् ।उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने कौडेना गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय