२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही । तराई–मधेसको महान पर्व छठ पूजाको अवसरमा
तारा पुञ्ज यूवा क्लव कौडेना-६(सक्रौल)को आयोजनामा आज छठ घाट तथा सार्वजनिक स्थान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा तारा पुञ्ज यूवा क्लवका अध्यक्ष मनोज यादव,कोषाध्यक्ष दीपेश यादव,सचिब सरोज राय,सहसचिब रविशंकर यादव,तारा पुञ्ज यूवा क्लवका सदस्य पप्पु यादव,राजाराम राय,मुकेश यादव,रंजय यादव,रुबेंद्र यादव,धंजय यादव,पंकज उधास,मनोज यादव,रत्नेश यादव अशोक यादव विशाल यादव सतेन्द्र यादव लगायत स्थानीय शिक्षाप्रेमी,समाजसेवी, विकासप्रेमी युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।“सफाइ हाम्रो जिम्मेवारी हो — पवित्रता, सन्देश र एकताको भावनासँग छठ पर्व मनाऔं” भन्ने नारासहित सञ्चालन गरिएको सो कार्यक्रम श्री जनता माध्यमिक विद्यालय सक्रौल को प्राङ्गणबाट सुरु भई रामजानकी मठ, महारानी स्थान हुँदै छठ घाटसम्म सरसफाइ गरिएको हो।कार्यक्रममा बोल्दै तारा पुञ्ज यूवा क्लवका अध्यक्ष मनोज यादवले टोल–टोलको सरसफाइमा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने बताउँदै समाजिक कार्यमा आफू सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।उनका अनुसार सडक अतिक्रमण, फोहोर फाल्ने, पराल र भुस सडकछेउमा राख्ने जस्ता गतिविधिले समाज कुरूप र दुर्गन्धित बनेको छ भने दुर्घटनाको जोखिम समेत बढेको छ।स्थानीय युवा दीपेश यादवले क्लबले सरसफाइ कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यसको निरन्तरता आवश्यक रहेको बताए। उनका अनुसार फोहोरको उचित व्यवस्थापन नभएका कारण लामखुट्टेको संख्या बढ्दै गएको र महामारी फैलिने खतरा समेत देखिएको छ।कार्यक्रमका अन्त्यमा क्लबका अध्यक्ष मनोज यादवले उपस्थित सम्पूर्ण युवाहरूलाई धन्यवाद दिँदै, व्यवस्थापनका केही कमजोरी भए पनि युवाहरूको उत्साहले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए। उनले आगामी दिनमा पनि सफाइ र सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।त्यस्तै,क्लबका सचिव सरोज यादवले युवाहरूमा असिम सम्भावना रहेको भन्दै गाउँ–टोलको विकास र समृद्धिमा युवा नेतृत्वको भूमिका निर्णायक हुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय