२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

मलंगवा, सर्लाही — चालु आर्थिक वर्ष २०८२/८३ मा सर्लाही जिल्लाभित्रका २० वटा स्थानीय तहले केन्द्र सरकारबाट करिब २३ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्। ईश्वरपुर नगरपालिका पहिलो र गोडैता नगरपालिका दोस्रो धेरै अनुदान प्राप्त गर्ने स्थानीय तह बनेका छन्। केन्द्र सरकारबाट प्राप्त समानीकरण, सशर्त, विशेष र सम्पूरक अनुदान शीर्षकमा विनियोजित यो रकम ११ नगरपालिका र ९ गाउँपालिकामा बाँडिएको हो। सबैभन्दा बढी रकम ईश्वरपुर नगरपालिकाले पाएको छ, जसले कुल ७२ करोड २३ लाख रुपैयाँ प्राप्त गरेको छ। यसमा समानीकरण अनुदान २९ करोड ५४ लाख, सशर्त ४२ करोड ८२ लाख, विशेष २ करोड ७५ लाख र सम्पूरक अनुदान २२ लाख ९० हजार रुपैयाँ रहेको छ। त्यसपछि धेरै रकम प्राप्त गर्ने गोडैता नगरपालिकाले ५८ करोड ५० लाख रुपैयाँ पाएको छ। तेस्रो स्थानमा ५० करोड ६६ लाख रुपैयाँसहित मलंगवा नगरपालिका रहेको छ भने चौथोमा हरिपुर नगरपालिका ४८ करोड ८० लाख रुपैयाँ पाउँदैछ। गाउँपालिका तर्फ चकघट्टा गाउँपालिका सबैभन्दा अगाडि रहेको छ, जसले ३५ करोड ६२ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यसपछि रामनगर, पर्सा, विष्णु र चन्द्रनगर गाउँपालिकाले पनि ३० करोडभन्दा बढी अनुदान पाएका छन्।
शीर्षकतर्फको रकम विवरण
अनुदान शीर्षक रकम (रुपैयाँ)
समानीकरण अनुदान ५८ करोड ८९ लाख
सशर्त अनुदान १३८ करोड ५२ लाख
विशेष अनुदान १२ करोड ३ लाख
सम्पूरक अनुदान ९ करोड ३८ लाख
विकास कार्यमा उपयोग हुने अपेक्षा
उल्लेखित रकम स्थानीय तहहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरूमा प्रयोग गर्ने अपेक्षा गरिएको छ। सरकारले प्रदान गरेको यो अनुदानबाट सर्लाही जिल्लाको समग्र विकासमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय