बसबरिया -क्षयरोग मुक्त पालिका घोषणा सम्बन्धी सर्लाहीको बसबरियामा एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष सरिता कुमारी सहको अध्यक्षतामा आइतबार गाउँपालिकाको सभा हलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपाध्यक्ष साहले गाउँपालिकाको एकल प्रयासले मात्रै यस्ताखाले अभियान सफल नहुने भन्दै सामुहिक प्रयास जरुरी रहेको बताइन् । बसबरियालाई क्षयरोग मुक्त पालिका घोषणा गर्न गाउँपालिकाको प्रयासले मात्रै सम्भव नहुने भन्दै उनले त्यसका लागि सबै सरोकारवाला निकायले आ-आफ्नो भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । बसबरिया गाउँपालिका स्वास्थ्य शाखा उप -संयोजक बिजय यादवले कार्यक्रमको उदेस्यबारे प्रकास पार्दै सरकारले सन् २०५० भित्र क्षयरोग मुक्त राज्य घोषणा गर्ने योजना अगाडी सारेकोकोले सो अवधि भित्रै बसबरिया गाउँपालिकाले पनि आफुलाई क्षयरोग मुक्त पालिका घोषणा गर्नुपर्ने बताए । उनले हालसम्म बसबरियामा १ सय ६७ जना क्षयरोगका बिरामि फेलापरेकोमा १ सय ४२ जना पुर्नरुपमा निको भैसकेको र २५ जनाले नियमित औषधि सेवन गरिरहेको जानकारी गराए । बसबरियामा ४ वर्षदेखि यो अभियान संचालनमा छ । स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख लालबाबु यादवले कार्यक्रमको सहजिकरण गरेका थिए । उनले बसबरियाका स्वास्थ्यकर्मीहरु अरु पालिकाको तुलनामा निकै सकृय रहेको बताए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष ,६ वटै वडामा रहेको स्वास्थ्य संस्थाका प्रमुख र कर्मचारीलगायतको सहभागिता रहेको थियो ।सहभागीहरुले यो अभियानलाई सफल पार्न आआफ्नो तर्फबाट सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

