२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोडैता नगरपालिका स्वास्थ्य शाखाको आयोजना र ना•पा प्रमुख देबेन्द्र कुमार यादवको अध्यक्षता तथा मधेस प्रदेश तथ्यांक अधिकृत लालबाबु राय को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो। बुधवार र बिहिवार दुइदिन सम्म चलेको उक्त गोष्ठीमा सहभागी नगरपालिका अन्तर्गतका १२ वटै वडाका स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आआफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा १२ वटा वार्ड का स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट भएर छानिएका तीनवटा स्वास्थ्य संस्थालाई दोसला र प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिएको थियो । आन्तरिक मुल्यांकनको आधारमा क्रमशः प्रथम वार्ड नंबर ११ स्वास्थ चौकी सिसौटिया, द्वितीय वार्ड नंबर ६ स्वास्थ चौकी वग्दह र तृतीय भएका वार्ड नंबर २ स्वास्थ चौकी वेलवा जब्दी स्वास्थ्य चौकीका प्रमुखहरुलाई,ना•पा प्रमुख देबेंद्र कुमार यादवले कदरपत्र प्रदान गरेका थिए।समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै ना•पा प्रमुख देबेन्द्र कुमार यादवले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने ना•पा भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरु लाई धन्यवाद दिएका थिए । गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस नगरपालिका लाई मधेस प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट नमुना स्वास्थ्य नगरपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्वास्थ्य निर्देशनालयकाको मुल्यांकन अनुसार गत आर्थिक वर्षमा गोडैता नगरपालिका मधेस प्रदेश अन्तर्गत पर्ने ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट चौथो स्थानमा पर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख प्रमोध पंडितले बताए!ना.पा प्रमुख देबेन्द्र कुमार यादवको अध्यक्षता तथा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय तथ्यांक अधिकृत लालबाबु रायको प्रमुख अतिथ्यतामा सम्पन्न समीक्षा गोष्ठी कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका विभिन्न वडाका वडाध्यक्षहरु,नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी,सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख प्रमोध पंडितले गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय