कात्तिक ३ गते । सर्लाहीको मलङ्गवा स्थित कवर्ड हलमा संचालित सर्लाही क्रीकेट लिग सिजन २ को पहिलो दिनको खेलमा सगरमाथा टिमले गौतम बुद्धलाई ८४ रनले पराजित गरेको छ ।टस जितेर पहिले व्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएका थिए । सगरमाथाका लागि नटआउट रहदै प्रमोद दासले ८२ र सुनिल दासले ५० रन बनाएका थिए । गौतम बुद्धका लागि नजरु खानले सर्वाधिक २ विकेट लिएका थिए ।जवाफी व्याटिङ गर्न आएका गौतम बुद्धले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३ रन मात्र बनाएक थिए । गौतम बुद्धका लागि विवेक ठाकुरले सर्वाधिक ४७ रन बनाएका थिए । सगरमाथाका लागि माधव झा र जितेश मण्डलले समान २-२ विकेट लिएका थिए ।खेलको म्यान अफ द म्याच सगरमाथाका प्रमोद दास भएका थिए । आइतबारको पहिलो खेल कंचनजंघा र अन्नपूर्णको बीच तथा दोश्रो खेल सगरमाथा र मच्छापुर्छेका बीच हुन सर्लाही क्रीकेट संघका कोषाध्यक्ष तुलसी यादवले जानकारी दिएका छन ।प्रतियोगिताको उदघाटन मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर यादवले गरेका थिए । उद्घाटन समारोहको अध्यक्षता सर्लाही क्रीकेट संघका अध्यक्ष एवं नेपाल क्रीकेट संघका सदस्री माधव कर्माचार्यले गरेका थिए

