२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही-सर्लाही जिल्लाको गाडैता नगरपालिकाको वार्ड नंबर ८ तरकारी बजारमा बनेको सार्वजनिक शौचालयको उचित व्यवस्थापन नहुँदा व्यापारी,ग्राहकर,र तरकारी किनमेल गर्न आउने सर्वसाधारणलाई ठूलो असुविधा भएको छ। शौचालयको सरसफाइ अभावका कारण शौचालयको अवस्था अत्यन्तै बिग्रिएको छ। शौचालयभित्र रक्सीका बोतल, सिगरेटका ठुटा,र अन्य फोहोर पदार्थहरू छरपस्ट अवस्थामा फालिएका छन्,जसले गर्दा दुर्गन्ध फैलिएको र स्वास्थ्य जोखिम बढाएको स्थानीयहरूले गुनासो गरेका छन्।दैनिक सयौं मानिसहरू यस बजारमा किनमेल गर्न आउने गर्दछन्,तर शौचालयको अवस्थाले गर्दा उनीहरूलाई विकराल परिस्थितिको सामना गर्नुपरेको छ। विशेष गरी महिलाहरू, वृद्धवृद्धा,र बालबालिकाहरूलाई शौचालयको अभावले थप समस्या सृजना हुने गरेको छ। शौचालयको प्रयोग गर्न नसकिने अवस्थामा पुगेकाले धेरैले सार्वजनिक स्थलमै शौच गर्नुपर्ने बाध्यता भएको स्थानीयहरू बताउँछन्।बजारका व्यापारी र उपभोक्ताहरूले पटकपटक नगरपालिका र बजार व्यवस्थापन समितिलाई शौचालयको मर्मत तथा सरसफाइ गर्न आग्रह गरेका छन्,तर हालसम्म पालिकाले कुनै ठोस कदम उठाएको छैन। शौचालयको यो हालतका कारण बजारमा आउने मानिसहरूको संख्या घट्न सक्ने चिन्ता व्यापारीहरूले व्यक्त गरेका छन्। स्थानीयहरूले शौचालय व्यवस्थापन सुधार गर्न र बजारको सरसफाइमा तत्काल ध्यान दिन पालिकालाई आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय