सुनील ठाकुर
असोज १९ गते सर्लाही क्रीकेट संघले शनिवार सर्लाही क्रीकेट लिग सिजन २ का लागि खेलाडीहरुको लिलामी गरेका छन ।सदरमुकाम मलङ्गवामा आयोजना गरिएको लिलामी कार्यक्रममा संघले ९० जना खेलाडीलाई लिलामी गरेका छन । सर्लाही क्रीकेट संघले आयोजना गरेको लिलामीमा ६ वटा टिमले खेलाडीलाई आ-आफ्नो टिममा सामेल गरेका छन । लिलामीको पहिलो चरणमा टिमको नाम र क्याप्टेन छनौट गरेका थिए । टिम गौतम बुद्ध बिज्डम कोचिङ्ग सेन्टर मलङ्गवा, मा जानकी होटल नवरङ्ग, सगरमाथा वडा न ४ मलङ्गवा, कंचनजङघा सहारा पल्टिपर्पस, अन्नपूर्ण रौनक इन्टरप्राइजेज र मच्चापुछ्रे सर्लाही किताब घरले पाएका छन ।कार्तिक ३ गतेबाट सुरु हुने टी-ट्वन्टी प्रतियोगितामा प्रत्येक टिममा १५-१५ जना खेलाडी हुने सर्लाही क्रीकेट संघका अध्यक्ष एवं क्रीकेट संघका केन्द्रिय सदस्य माधव कर्माचार्यले जानकारी दिएका छन ।

