२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही-सर्लाहीको बसबरिया गाउँपालिकाले अझैसम्म बजेट ल्याउन सकेको छैन । अध्यक्ष र उपाध्यक्षबीचको विवादले बजेट आउन नसकेको हो । बजेट नआउँदा स्थानीय तथा कर्मचारी मारमा परेका छन् । असार ७ गते गाउँसभाको उद्घाटन गरिएपनी जनप्रतिनिधिहरू बीचको विवादका कारण बन्द सत्र सम्पन्न हुन सकेको छैन। जसको असर बजेटमा परेको छ । गाउँसभामा देखिएको यो विवादलाई स्थानीयले “जुँगा को लडाई” भनेर व्याख्या गरेका छन्, जहाँ दुई प्रमुख जनप्रतिनिधिहरू बीचको अहंकार र व्यक्तिगत विवादका कारण गाउँपालिकाको महत्त्वपूर्ण निर्णयहरू स्थगित भएका छन्।बन्द सत्र नहुँदा गाउँपालिकाको बजेट पास हुन सकेको छैन। गाउँपालिकाले चालू आर्थिक वर्षको लागि आवश्यक बजेट स्वीकृत गर्नुपर्ने थियो, तर जनप्रतिनिधिहरूको विवादका कारण बजेटसम्बन्धी छलफल अघि बढ्न सकेको छैन। बजेट पास नहुँदा गाउँपालिकाका कर्मचारीहरूले आफ्नो तलब भत्ता प्राप्त गर्न सकेका छैनन्। त्यसैगरी, वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्ति लगायतका सामाजिक सुरक्षाका लाभग्राहीहरूले पनि आफ्नो भत्ता पाउन सकेका छैनन्। सामाजिक सुरक्षा भत्ता वितरण गर्न बजेट आवश्यक पर्छ, तर बजेट पास नहुँदा लाभग्राहीहरू लामो समयदेखि यो सुविधा पाउनबाट वञ्चित भएका छन्। यसले वृद्धवृद्धाहरूलाई ठूलो समस्या सिर्जना गरेको छ । अधिकांशले औषधि उपचार गराउन समस्या भएको गुनासो गरिरहेका छन् । स्थानीयवासीहरूले जनप्रतिनिधिहरूबीचको विवादको छिटो समाधानको माग गरेका छन्। गाउँपालिकाको प्रशासनिक र सामाजिक विकासमा यो विवादले ठूलो अवरोध खडा गरेको छ। विवाद समाधान नभएसम्म गाउँपालिकाको आर्थिक क्रियाकलाप अघि बढ्न नसक्ने र त्यसले थप समस्या उत्पन्न गर्ने स्थानीय नेताहरूले चेतावनी दिएका छन्।उपाध्यक्ष सरिता साहले अध्यक्ष रामसिंहासन रायले आफुहरुको अधिकार नदिएका कारण बजेट ल्याउन नदिएको बताइन् । उनले अध्यक्ष राय तानाशाह बन्दा यो समस्या आएको जानकारी दिइन् । यता अध्यक्ष रायले बहुमत सदस्य उपाध्यक्षतिर भएकाले बजेट पास हुन नसकेको जानकारी दिए ।कुल ३३ गाउँसभा सदस्य रहेको पालिकामा २० जना उपाध्यक्ष साह तर्फ छन् भने अध्यक्ष राय तर्फ जम्मा १३ जना सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय