२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही- कौडेना गाउँपालिका,वार्ड नं.५ छपकहीया र वार्ड नं.३ पर्सा टोलमा हालै आएको लखन्देही खोलाको बाढीले क्षति पुर्‍याएको छ। उक्त क्षतिको निरीक्षण गर्न गाउँपालिकाका अध्यक्ष रूपेश कुमार उर्फ (बब्लू)ले स्थलगत अवलोकन गरेका छन्।अवलोकनका क्रममा अध्यक्ष रूपेश कुमार उर्फ (बब्लू)ले बाढीले क्षति पुर्‍याएका स्थानहरूको निरीक्षण गर्दै स्थानीय बासिन्दासँग संवाद गरेका थिए। उनले बाढीबाट प्रभावित परिवारहरूको अवस्था बुझ्दै राहत र पुनर्स्थापना कार्यमा सरकारको ध्यानाकर्षण गराउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।अध्यक्ष रूपेश कुमार उर्फ (बब्लू)ले क्षतिग्रस्त संरचना, बस्ती, तथा खेतबारीहरूको स्थलगत अध्ययन गरेका छन् र यसबारे तत्काल सम्बन्धित निकायहरूलाई जानकारी दिने बताएका छन्। स्थानीय बासिन्दासँग छलफल गर्दै उनले क्षतिको सही मूल्याङ्कन गर्न डाटा संकलनको कार्य तीव्र बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्। यस डाटाका आधारमा पीडितहरूको राहत,पुनर्निर्माण,र अन्य सहयोगका लागि योजना बनाइने छ। रूपेश कुमार उर्फ (बब्लू)ले बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरेर त्यसलाई प्रदेश तथा संघीय सरकारसमक्ष प्रस्तुत गर्ने प्रतिबद्धता पनि जनाएका छन्।क्षेत्रको निरीक्षणका क्रममा स्थानीय प्रशासनका अधिकारीहरू,पालिका का कर्मचारीहरु लगायत प्राविधिक टोलि को पनि उपस्थित थिए। डाटा संकलनपछि राहत सामग्री वितरण र पुनर्निर्माण प्रक्रिया छिटो थालिने कुरामा पनि अध्यक्ष कुमारले जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय