बसबरीया-सर्लाहीको बसबरीया गाउँपालिकाको ६ वटै वडामा कृषि मिटरसहित सिचाइको लागी विद्युत जडान गर्न विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रलाई ९० लाखको चेक हस्तान्तरण गरिएको छ । बसबरीया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले प्राधिकरण बरहथवा वितरण केन्द्रका प्रमुख दिगम्बर यादवलाई एक कार्यक्रमबिच चेक हस्तान्तरण गरेका हुन् ।२०७९ साल भदौ १३ गते भएको कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको १ देखि ६ वडासम्मको सम्पुर्ण कृषि हुने क्षेत्रमा कृषि विद्युतीकरण गरि कृषि मिटर उपलब्ध गराउन विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रको नाममा रहेको चेक हस्तान्तरण गरिएको अध्यक्ष रायले बताए ।विद्युतीकरणका लागि खर्च हुने रकममध्ये ६० प्रतिशत प्राधिकरणले र गाउँपालिकाले ४० प्रतिशत तिर्नेगरि सम्झौता भएको पत्रमा उल्लेख छ । जसमा गाउँपालिकाले तिर्नुपर्ने ९५ लाखमध्ये आज ९० लाखको चेक प्राधिकरणलाई हस्तान्तरण गरेको छ । बाकी रकम काम सुरु भएपछि तिर्ने बताइएको छ ।कृषि हुने स्थानमा विद्युतीकरण गरि आवश्यकता अनुसार ट्रान्सर्फमर जडान गरेर प्रत्येक ट्रान्सर्फमरमा मिटर जडान गर्ने प्राधिकरणले जनाएको छ । वितरण केन्द्रका प्रमुख यादवले सुरज निर्माण सेवा जनकपुरधामलाई टेन्डर प्रक्रियाद्वारा ठेक्का लगाइसकेको र केहि दिनभित्र काम सुचारु गरिने बताए ।खपत भएको प्रत्येक कृषि मिटरको बिलबापतको रकम गाउँपालिकाले नै तिरिदिने अध्यक्ष रायले बताए । उनले आफुले चुनावको समय जनतासंग कृषि सम्बन्धि गरेको बाचा पुरा भएको बताए ।cp

