२०८३ असार ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही-सर्लाहीका २० वटै स्थानीय तहमा सरकारी गाडीको चरम दुरुपयोग भइरहेको छ । गाउँ गाउँमा सिंहदरबार भने नाराका साथ संघियता अनुरुप व्यवस्था गरिएको स्थानीय तहका प्रमुख देखि कर्मचारीहरुले सरकारी गाडीको चरम दुरुपयोग गरिएको पाइएको छ ।सबैभन्दा बढी वडाअध्यक्षहरुले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ । जनताको समस्या समाधानको लागी उनीहरूको घर दैलोमा पुग्न र विकास निर्माणको काममा सहज भएर लाग्नका लागि पालिकाले आफ्नो जनप्रतिनिधि तथा कर्मचारीहरुको लागी ठुलो मात्रामा धनराशी खर्च गरेर खरिद गरेको सबारीसाधन जनताको कामको साटो आफ्नो ब्यक्तिगत घरायसी कामको लागि प्रयोग गर्ने गरेको पाइएको छ । सुरुका दिनमा स्थानीय तहले प्राथमिकताका साथ गाडी तथा मोटर साइकल खरिद गर्न थालेपछि त्यसको व्यापक आलोचना समेत भएको थियो । लाखौं रुपैया खर्च गरेर खरिद गरेको सुबिधा सम्पन्न गाडी तथा त्यसमा प्रयोग हुने इन्धन ,मोविल तथा मर्मत खर्च स्थानीय तहले व्होर्दै आएका छन् । विकास निर्माणको लागी भनी आएको बजेट सवारी साधनको रखरखावमा खर्च भएको भन्दै त्यसको व्यापक बिरोध भएको थियो । स्थानीय तहले एकातिर सवारी साधनको रखरखावमा बाषिक लाखौं लाख खर्च गर्दै आएका छन् । भने अर्कोतर्फ ती सरकारी गाडीहरुको निजी प्रयोग पनि बढदो छ । जसका कारण व्यक्तिगत प्रयोजनका लागी सहकारी सम्पत्तिको प्रयोग गरि दुरुपयोग बढेको देखिन्छन । सर्लाही जिल्लामा मात्र नभइ मधेस प्रदेश भरिकै अधिकाश स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी सुविधाको रूपमा पाएको मोटर साइकल घरको कामदेखी खेतवारीको काममा प्रयोग गर्ने गरेका छन् ।प्रमुख देखि वडा अध्यक्षले पाएको गाडी उनीहरूका आफन्त तथा घरका व्यक्तिहरुले गुडाइरहेको देखिन्छ। गाडीमा प्रयोग हुने इन्धन लगायतका सुविधा स्थानीय तहबाट बेहोर्ने लगाउने तर काम भने घरको गर्ने गरेको भन्दै स्थानीयहरुले विरोध समेत गर्दै आएका छन् । सरकारी गाडी उपर निगरानी बढाएर सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरुलाई तत्कालै कार्यवाहीको दायरामा ल्याउन सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय