२०८३ असार ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकता दिने प्रक्रिया झन्झटिलो बनाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध जनाएका छन् ।नागरिकता लिन आउने सेवाग्राहीलाई अनावश्यक दुख दिएको आरोप लगाउँदै जसपाले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका थिए । नागरिकता लिनका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पूरा भए पनि कर्मचारीले सेवाग्राहीलाई दुख दिने गरेको जसपाका पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साहले आरोप लगाएका छन् । जनतालाई सेवा दिनुको सट्टा दुख दिने गरेको साहको आरोप छ । आगामी दिनमा सेवा प्रवाहमा सुधार नभए जिल्लामा आन्दोलन गर्ने साहले चेतावनीसमेत दिएका छन् । कागजात पुगेका सेवाग्राहीले सरल र सहज रुपमा सेवा पाउनुपर्ने उनको कथन छ । ऐनले तोकेबमोजिमको प्रक्रिया पूरा गर्नेलाई सहज रुपमा नागरिकता उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘जिप्रकाले कसैसित कुनै विभेद नगरी सरल रुपमा पारदर्शी ढंगले सेवा प्रवाह गरिरहेको छ ’ उनले भने, आवश्यक कागजात संलग्न नरहेकाहरुलाई नागरिकता दिन सकिदैन् ।नागरिकताको विषयलाई लिएर जसपाका नेता कर्याकर्ताले केहीबेर जिप्रका कार्यालय अगाडि धर्ना दिएका थिए । धर्नाको क्रममा प्रअिज यादव विरुद्ध नाराबाजीसमेत गरिएको थियो । सुरक्षाको कडा व्यवस्था गरिएकाले कुनै अप्रिय घटना हुन सकेन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने कानुन बनिसके पनि बिचौलियामार्फत अतिरिक्त रकम असुल गरी नागरिकता दिने गरिएको सेवाग्राहीहरुको आरोप छ । बिचौलियामार्फत जानेको नागरिकता एकै दिनमा बन्ने गरेको तर प्रक्रिया पूरा गरी सोझै जिप्रकामा जानेलाई कयौं दिन फर्काउने गरिएको आरोप उनीहरुले लगाएका छन् । जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन सरकारले संघीय संसदबाट कानुन नै बनाएको छ । तर त्यसको कार्यान्वयनमा बिचौलियाहरु प्रभावकारी बनेका छन् । उनीहरुले नागरिकता बनाइदिन मोटो रकम असुल गरिरहेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय