२०८३ असार ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

कौडेना-सर्लाहीको कौडेना गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आफ्नो १० औं गाउँसभाको उद्घाटन गरेको छ। १० औँ गाउँ सभा समक्ष ३४ करोड ७३ लाख ७७ हजार ६ सय बराबरको नीति तथा कार्यक्रम पेस गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले जानकारी दिए । गाउँ कार्यपालिकाले आयोजना गरेको औपचारिक सभामा पालिका अध्यक्ष रुपेश कुमार यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।सार्वजनिक गरिएको नीति तथा कार्यक्रमको बजेटमध्ये पुजिगत खर्चतर्फ १२ करोड १६ लाख र कुल चालू खर्चतर्फ २२ करोड ५७ लाख ७७ हजार ६०० रुपैयाँ रहेको गाउँपालिकाका लेखापाल हरिनारायण साहले जानकारी दिए । यस्तै पुजिगत खर्चतर्फ प्रदेश सरकार अन्तरगतको १ करोड ४० लाख समेत समावेश रहेकोे लेखापाल हरिनारायण साह को भनाई थियो ।कार्यपालिकाले यस पटक बजेट निर्माण गर्दा शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेको पालिका अध्यक्ष यादवले जानकारी दिए । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सामाजिक बिकास, युवा तथा खेलकुद, भौतिक पुर्वाधार, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, बिपद् ब्यवस्थापन, न्याय निरुपण, मानव अधिकार प्रवर्धन्, लगाएतको क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद कौशल किशोर रायले बजेटलाई जनजिविका सगँ जोड्न आग्रह गरे । उन्ले बजेट सडकमा माटो र ढुंगा हाल्न काममा खर्च नगर्न अनुरोध गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । नीति तथा कार्यक्रम जनमुखी हुनुपर्नेमा कार्यक्रमका अधिकांश बक्ताहरुको जोड थियो ।गाउँ पालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न गाउँसभा उद्घाटन समारोहमा विशिष्ट अतिथि गापा उपाध्यक्ष नगिना देवी ,प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव, सबै वडाका वडाअध्यक्ष , कार्यपालिका सदस्य,स्थानियबासी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय